Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कीर्तिपुर अपडेट : पाँच वटा वडाको मतगणना सकियो, कांग्रेसको अग्रता कायमै

कीर्तिपुर अपडेट : पाँच वटा वडाको मतगणना सकियो, कांग्रेसको अग्रता कायमै


  • 3.2K
    Shares

    कीर्तिपुर अपडेट : पाँच वटा वडाको मतगणना सकियो, कांग्रेसको अग्रता कायमै
    images

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार ५ वटा वडाको मतगणना सकिएको छ ।

    ११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।

    उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मतसहित चौथो स्थानमा छन् । निर्वाचन अधिकृत कार्कीका अनुसार कीर्तिपुरमा खसेको मध्ये ११ हजार १४ मत सदर भएको छ भने ३ सय ३५ मत बदर भएको छ ।

    यो उपनिर्वाचनमा कीर्तिपुरको प्रतिस्पर्धालाई दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १६:३०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij