Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भारतका पूर्वराजदूतले ‘जटिल खालको संविधान’ले नेपाल गिजोलिएको भन्दै अघि सारे यस्ता तर्क 

भारतका पूर्वराजदूतले ‘जटिल खालको संविधान’ले नेपाल गिजोलिएको भन्दै अघि सारे यस्ता तर्क 


  • 5.4K
    Shares

    भारतका पूर्वराजदूतले ‘जटिल खालको संविधान’ले नेपाल गिजोलिएको भन्दै अघि सारे यस्ता तर्क 

    भद्र र चतुर तरिकाले नेपालको राजनीति केलाएका नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेतृत्वले स्वार्थको लागि काम गर्दा नेपाली राजनीतिमा वर्तमान संकट आएको बताएका छन् । हिजो  दिल्लीमा आयोजित नेपालको संवैधानिक विकास पुस्तकको विमोचन गर्दै पूर्वराजदूत पुरीले नेपालमा आफ्नो फाइदाको लागि काम गर्ने सोच कायमै रहेका कारण वर्तमान राजनीतिमा संकट आएको बताएका हुन् ।

    ‘नेपाली राजनीतिमा पछिल्लो समय फाइदाको लागि काम गर्ने सोच कायमै छ । नेपाली राजनीतिक प्रणालीमै समस्या छ, जसले गर्दा राजनीति अस्थिर बनिरहेको छ’ उनले भने ।

    पुरीले नेपालको अहिलेको अवस्था सिर्जना हुनुमा ‘जटिल खालको संविधान’ जिम्मेवार भएको समेत बताए । ‘नत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली छ न त समानुपातिक सहभागिताको विशुद्ध व्यवस्था नै’ उनले भने ।

    नेपालको पूर्वी तराई र मधेशस्थित भारतीय सीमावर्ती जिल्लाका नागरिकले आफूलाई सरकारले विभेद गरेको गुनासो गरेको बताउँदै पुरीले नेपालले परिवर्तन ल्याएको तर, उक्त परिवर्तनलाई आत्मसात गर्न राजनीति तयार नभएको बताए । उनले घुमाउरो पारामा नेपालका नेता भारतको चर्को चाकडीमा लम्पट हुने गरेको तर्फा समेत संकेत दिएका थिए।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १४:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij