२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ ।
भोलि शुक्रबारका लागि बोलाइएको बैठक ३० चैत २ बजेका लागि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । तयारी नपुगेकाले बैठक सरेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij