Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

उपनिर्वाचनका लागि एमाले-माओवादीबीच तालमेल

उपनिर्वाचनका लागि एमाले-माओवादीबीच तालमेल


  • 1.7K
    Shares

    उपनिर्वाचनका लागि एमाले-माओवादीबीच तालमेल
    images

    काठमाडौं ।  बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

    दुवै दलले ०८४ को स्थानीय निर्वाचनका लागि समेत पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् ।

    चुनावी तालमेलअनुसार उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउँदै छ । माओवादीबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । उनी एमालेकै उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न छिन् ।

    एमालेसँग चुनावी तालमेल गरिएको सवालमा माओवादी भने दुई समूहमा विभाजित छ । पार्टीको जिल्ला कमिटी तालमेलको विपक्षमा छ ।

    स्वामिकार्तिकमा काँग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन् । एमाले उम्मेदवार बुढा ०७९ मा पनि उपाध्यक्षको उम्मेदवार थिइन् । स्वामिकार्तिकमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :मंसिर १२ २०८१ बुधवार - १४:१२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij