Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नेपाल प्रहरीले मनायो अस्पतालको ३७ औं वार्षिकोत्सव

नेपाल प्रहरीले मनायो अस्पतालको ३७ औं वार्षिकोत्सव


  • 5.8K
    Shares

    नेपाल प्रहरीले मनायो अस्पतालको ३७ औं वार्षिकोत्सव

    काठमाडौं । नेपाल प्रहरीले प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सव मनाइएको छ । प्रहरी कर्मचारीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उदेश्यले स्थापना भएको दिनलाई पारेर आज वार्षिकोत्सव मनाईएको हो । महाराजगञ्जस्थित रहेको उक्त अस्पतालमा हाल १५० शैया रहेको छ ।

    वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालले बिगत ३ वर्ष देखि प्रहरी कर्मचारीको मात्र नभइ आम सर्वसाधारणको स्वास्थ्य उपचार सुरु गरेको बताए।

    प्रहरी कर्मचारीसँगै आम नागरिकको उपचारमा थप सहजता ल्याउनका लागि आउँदा दिनमा अस्पतालको क्षमता विस्तार गर्ने प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक आशा सिंहले बताईन् ।

    वार्षिकोत्सवको अवसरमा अस्पातलमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पूर्व प्रहरी महानिरीक्षकहरूले कदर पत्रले सम्मान गरेका थिए । सोही अवसरमा अस्पतालमा २५ वर्षदेखि सेवा गरिरहेका कर्मचारीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij