Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीको दौराको फेर समातेका चार मन्त्रीको सांसद पद आज बाट खोसिदै, को-को बने आँखाको तारो ?

ओलीको दौराको फेर समातेका चार मन्त्रीको सांसद पद आज बाट खोसिदै, को-को बने आँखाको तारो ?


  • 6.2K
    Shares

    ओलीको दौराको फेर समातेका चार मन्त्रीको सांसद पद आज बाट खोसिदै, को-को बने आँखाको तारो ?

    काठमाडौं । सर्बोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अबस्थामा फर्काए पछि माओवादी त्यागेर एमाले बनेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ । 

    आज बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

    माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् । यो भए संगै माओवादीको चार सांसद घट्ने छ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij