Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

‘प्रचण्ड’ले भने-विभाजित माओवादीहरू एकता प्रक्रियामा छन्

‘प्रचण्ड’ले भने-विभाजित माओवादीहरू एकता प्रक्रियामा छन्


  • 1.6K
    Shares

    ‘प्रचण्ड’ले भने-विभाजित माओवादीहरू एकता प्रक्रियामा छन्
    images

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

    ‘अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन्,’ उनले भने । देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

    अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले बिस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’

    अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न उनले निर्देशन दिए ।

    प्रकाशित मिति :मंसिर ७ २०८१ शुक्रवार - १६:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij