Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

एमालेको प्रदर्शन

एमाले सभाका लागि र्‍याली सुरू

एमाले सभाका लागि र्‍याली सुरू


  • 2.2K
    Shares

    एमाले सभाका लागि र्‍याली सुरू
    images

    काठमाडौं । नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ ।

    अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

    एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ । सभाका लागि काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउनले एमालेले जनाएको छ ।

    ट्राफिक प्रहरीले सभा हुने स्थान दरबारमार्ग क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८१ शुक्रवार - १२:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij