Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन, के छ तयारी ?

भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन, के छ तयारी ?


  • 1.9K
    Shares

    भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन, के छ तयारी ?
    images

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले भोलि काठमाडौंमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

    देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

    बुधबार अपराह्न सम्पदाहरूसँग समसामयिक राजनीतिक विषयमा गरिएको अन्तरक्रियामा उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताए । देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ ।

    एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । जागरण सभाका संयोजक स्थायी कमिटी सदस्य डा। राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ६ २०८१ बिहिवार - १६:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij