२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध दायर भएको रिट निवेदनमा बिहीबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेको छ।
सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको उक्त रिट गत भदौ १३ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको थियो । पूर्ण इजलासमा दुई पटक पेसी तोकिए पनि दुवै पटक ‘हेर्न नमिल्ने’ भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij