२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना भिड्ने भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् ।
मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij