Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता


  • 5.2K
    Shares

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ ।

    भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक  सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको  थियो ।अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ ।

    भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म आयोजना हुन लागेको पिस कन्फरेन्समा सहभागी हुन राष्ट्रियसभाका अध्यक्षसहितको टोली मङ्गलबार स्पेन आइपुगेको हो ।

    सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वाकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ । सोही अभियानको उद्घाटन गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन आउनुभएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिनुभयो ।

    अध्यक्ष तिमिल्सिनासहित नेपाली टोलिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्यलगायत हुनुहुन्छ । रासस

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij