Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित


  • 1.5K
    Shares

    सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको नक्सालमा रहेको अम्रपाली बैंङ्क्वेटमा  बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

    बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पनि पारित भएको छ ।

    आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ ।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १७:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij