Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने


  • 1.8K
    Shares

    गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन आयोजना गर्ने भएको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।

    खुल्लातर्फको १० किलोमिटर रोड रेस कम्पिटिसनमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीह’ले मात्र सहभागिता सक्नेछन् । 

    गरिमा रोड रेस कम्पिटिसन २०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।  

    गरिमा रोड रेस कम्पिटिसन २०८१ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट  www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । 

    निर्धारित सहभागी सङ्ख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।  

    मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौँमा गरिमा रोड रेस कम्पिटिसन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रमहरूसमेत आयोजना गर्दैछ । 

    विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रहरूसँगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ । 

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :मंसिर ३ २०८१ सोमवार - १६:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij