Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ

घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ


  • 5.3K
    Shares

    घुस लिएको आरोपमा सव–इन्जिनियर पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–इन्जिनियर नेत्र प्रसाद लामिछाने विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।

    पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा मकवानपुरका सव–इन्जिनियर लामिछाने निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियार टोलीबाट पक्राउ परेका थिए ।

    सव–इन्जिनियर लामिछाने ५० हजार घुस लिएको ठहर गर्दै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसारको अपराध भएको ठहर गर्दै बुधबार बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

    अख्तियारले नेत्र प्रसाद लामिछानेबाट ५० हजार विगो मागदावी सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही ऐनको दफा ३ को उपदफा १ को खण्ड ख अनुसारको सजाय मागदाबी गर्दै मुद्धा दायर गरेको हो ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १०:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij