Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य

सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य


  • 1.6K
    Shares

    सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११।११’योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिनेछ ।

    छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले, १३५ प्रतिवर्षका दरले, २४ महिनासम्मका लागि मासिक किस्ताबन्दी ९भ्ःक्ष्० सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

    यो योजना कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।   

    प्रकाशित मिति :कार्तिक २५ २०८१ आइतवार - १७:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij