Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा


  • 6.8K
    Shares

    गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन् ।

    मन्त्रीद्वयले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिए पनि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । बुधबारको प्रदेशसभा बैठकमा चुमानले राजीनामाबारे आफ्नो धारणा राख्‍ने छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij