Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादीले प्रदेश सांसद झपटलाई तपाईलाई किन झापट नहान्ने भन्दै सोध्यो यस्ता प्रश्नै-प्रश्न  

माओवादीले प्रदेश सांसद झपटलाई तपाईलाई किन झापट नहान्ने भन्दै सोध्यो यस्ता प्रश्नै-प्रश्न  


  • 6.2K
    Shares

    माओवादीले प्रदेश सांसद झपटलाई  तपाईलाई किन झापट नहान्ने भन्दै सोध्यो यस्ता प्रश्नै-प्रश्न  

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । 

    माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन् । माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि पछिल्लो समय एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भनेर माओवादीले बोहोरालाई स्पष्टीकरण सोधेको हो ।

    'सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले) पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिन आएकोले,' माओवादी केन्द्रले बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, 'राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?'

    स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न बोहोरालाई निर्देशन दिइएको छ । माओवादीले सर्वोच्चको फैसलापछि पूर्ववत् पार्टी ब्युँतिएपछि एमालेतिर लागेका सांसदहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका मन्त्री रहेका प्रतिनिधिसभाका चार सांसदलाई हटाउने प्रक्रिया अगाडि बढाएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij