२०८२ फाल्गुण ३० गते शनिवार
बाग्लुङ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अबैध लागूऔषध चरेश र ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
प्रहरीले मिनालाई गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बुर्तिवाङमा मिनाले सञ्चालन गरेको मिना खाजा घरबाट ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरलिे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij