Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार


  • 2.0K
    Shares

    कांग्रेसले टुंग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
    images

    काठमाडौं। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

    टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।

    माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाएको छैन ।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । गत असार ३ गते उनको निधन भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २२ २०८१ बिहिवार - १७:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij