Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

विनोद चौधरीकाे ओरालो यात्रा, धनीको सुची बाट कती पर धकेलिए ?

विनोद चौधरीकाे ओरालो यात्रा, धनीको सुची बाट कती पर धकेलिए ?


  • 5.0K
    Shares

    विनोद चौधरीकाे ओरालो यात्रा, धनीको सुची बाट कती पर धकेलिए ?

    काठमाडौं । अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए ।

    रकेट कम्पनी स्पेस-एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।

    फोब्र्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।

    सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

    वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।

    सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको स्थान निकै खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपाली २ हजार १ सय ४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं.४ बिलियन डलरमा स्थिर देखिएको छ ।

    भुकम्प र नाकाबन्दी खेपेको वर्ष २०१६ मा उनको धन घट्यो । जसकारण उनको धन १.१ अर्ब डलरमा खुम्चिन पुग्यो । तर, त्यसपछिका वर्षहरूमा उनले धन आर्जन बढाउँदै गए । उनको राजनीतिमा सक्रियाता समेत बढ्दै गयो । विनोद चौधरी प्रतिनिधी सभामा नेपाली कांग्रेसका संसद् समेत हुन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १५:४५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij