Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

‘झिँगे सोचबाट मुक्त हुन नसकेको’ भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्मचारीको किन लिए हुर्मत ?

‘झिँगे सोचबाट मुक्त हुन नसकेको’ भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्मचारीको किन लिए हुर्मत ?


  • 5.2K
    Shares

    ‘झिँगे सोचबाट मुक्त हुन नसकेको’  भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्मचारीको किन लिए हुर्मत ?

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनको आलोचना गरेका छन् । निजामती कर्मचारीका उच्च तहका अधिकारीहरूको कार्यक्रममा पोखरेलले निजामती कर्मचारी 'झिँगे सोचबाट मुक्त हुन नसकेको' भन्दै आलोचना गरेका हुन् । 

    सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा 'झिँगे टँसाइ सोच' प्रमुख समस्या रहेको भनेका हुन् ।

    समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि पोखरेलको भनाइ थियो । त्यसैले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए । उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म, माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु, झिँगे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

    कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको आरोप थियो । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृतिका कारण कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो । ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरू छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ,ु उनको आरोप थियो, ुढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐँजेरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

    म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारीतन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कर्मचारीतन्त्र निष्क्रिय, असंवेदनशील र जड समूह नभएकोले कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरूको विवेकशील समूहको रूपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले भने, ‘कर्मचारीतन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ ।’

    मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताएका थिए । कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौती भएको उनको भनाइ थियो ।

    ‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो, वैरागीले भने, अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढङ्गले बिना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

    निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीहरूको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

    निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव बैरागीले बताए । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उनले बताए ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १४:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij