Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने

स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने


  • 2.9K
    Shares

    स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ । स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो । 

    असोजको पहिलो साता सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बैठक बस्ने भनिएको थियो ।

    अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू जिल्ला जिल्लामा व्यस्त भएको, तिहार, छठ जस्ता चाडपर्वका कारण बैठक तिहार लगत्तै बस्ने भनिएको थियो । 

    परामर्श समिति बैठकबाट आएका सल्लाह र सुझावका आधारमा अध्यक्ष प्रचण्डले राजनीतिक दस्ताबेज लेख्ने तयारी गरेपनि पूर्णता पाइनसकेको प्रचण्डका सचिवालयले जानकारी दिएको छ । यद्यपि निर्वाचनको तयारी सम्बन्धमा आवश्यक निर्णय लिन पदाधिकारी बैठक बस्न सक्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

    ‘स्थानीय तह निर्वाचनअघि केन्द्रीय समिति बैठक बस्दैन । तर आवश्यक  निर्णय लिन पदाधिकारी बैठक बस्न सक्छ’, मंगलबार रातोपाटीसँग उनले भने । 

    निर्वाचन आयोगले मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनको तयारी तीव्र पारेको छ । सात प्रदेशका विभिन्न ४४ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :कार्तिक २० २०८१ मंगलवार - ११:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij