Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सुन तस्करको नयाँ आइडिया एअरपोर्टमै भयो छताछुल्ल, एक केजी सुन सहित पुलिसले पार्यो कर्याप्पै

सुन तस्करको नयाँ आइडिया एअरपोर्टमै भयो छताछुल्ल, एक केजी सुन सहित पुलिसले पार्यो कर्याप्पै


  • 5.5K
    Shares

    सुन तस्करको नयाँ आइडिया एअरपोर्टमै भयो छताछुल्ल, एक केजी सुन सहित पुलिसले पार्यो कर्याप्पै

    काठमाडौं । करिब एक किलो सुनसहित प्रहरीले विमानस्थलबाट एक युवकलाई पक्राउ गरेको छ । विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो ।  

    उनी मङ्गलवार राति फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए । सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो । तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो। 

    उनी भरिया मात्र भएको खुलेको छ । दुवईबाट ४र५ हजार रुपैयाँ दिएर विमानस्थल बाहिर लिन आउने मानिसलाई सामान दिने सर्तमा पठाएको उनले बयान दिएका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १३:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij