२०८२ फाल्गुण ३० गते शनिवार
बारा । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत २०६४ साउन २९ गते राती बारा प्रसौनी गाविसमा रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा साह भाग्न सफल भएका थिए ।
फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij