Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपा प्रदर्शन

बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता पक्राउ

बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता पक्राउ


  • 2.0K
    Shares

    बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता पक्राउ
    images

    काठमाडौं । प्रहरीले बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झण्डै १ दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। 

    पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताएका छन्। 

    उनका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध आज बालुवाटारमा भर्खर सुरु भएको विरोध प्रदर्शनमा बालवाटारनजिक नेपाल हाउसको अगाडिबाट उनीहरु गिरफ्तारमा परेका छन्। 

    ‘शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जना गिरफ्तार गरेको छ’, उनले भने। 

    शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै रास्वपाले भर्त्सना गरेको छ। 

    ‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो। यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा एक्यबद्धता गर्न सम्पूर्ण देशप्रेमीहरुमा अपिल गर्दछौँ’, विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले भनेका छन्। 

    प्रकाशित मिति :कार्तिक १३ २०८१ मंगलवार - १२:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij