Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पत्रकारलाई चुनावी रन्को, उम्मेदवारले मतदातालाई मार्दैछन् फन्को

पत्रकारलाई चुनावी रन्को, उम्मेदवारले मतदातालाई मार्दैछन् फन्को


  • 5.6K
    Shares

    पत्रकारलाई चुनावी रन्को, उम्मेदवारले मतदातालाई मार्दैछन् फन्को

    काठमाडौं । अहिले देशभर पत्रकार महासंघको नयाँ नेतृत्व छनौट गर्नका लागि मतदान भइरहेको छ ।

    महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको हो । प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन भइरहेको छ ।

    महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

    काठमाडौंको प्रज्ञा प्रतिस्थानमा काठमाडौं जिल्ला र केन्द्रका लागि मतदान भइरहेको छ भने दशरथ रंगशालामा एशोसियट नेतृत्वका लागि मतदान भइरहेको छ ।

    अहिले मतदान केन्द्रमा सयौंको संख्यामा पत्रकार र शुभेच्छुकहरु भेला भएका छन् । प्रतिस्पर्धीहरु मतदातालाई मत मागिरहेका देखिन्छन । मतदाता र शुभेच्छुकहरु पनि आफ्नो प्यानलको उम्मेदवार जिताउन लबिङ गरिरहेका छन् ।

    patrakar3.jpgpatrakar5.jpgpatrakar4.jpgpatrakar2.jpg

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १२:५८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij