Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कामना सेवा विकास बैंकलाई 'साफा अवार्ड'

कामना सेवा विकास बैंकलाई 'साफा अवार्ड'


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंकलाई 'साफा अवार्ड'

    साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिन लागेको हो । बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभामा पेस गर्नका लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरू तथा सरोकारवालाहरूलाई विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । 

    साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकायहरू समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा उत्कृष्ट बैंक तथा वित्तीय संस्थाहरूलाई अवार्डहरू प्रदान गर्दै आइरहेको छ ।

    बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३' मा वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल भएको थियो ।

     

    प्रकाशित मिति :कार्तिक ११ २०८१ आइतवार - १२:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij