Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउने तरिका हामीलाई नि थाहा छ

प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउने तरिका हामीलाई नि थाहा छ


  • 2.9K
    Shares

    प्रचण्डलाई ओलीको जवाफ :  हतियार बिसाउन  लगाउने तरिका  हामीलाई नि थाहा छ
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

    शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्दै दिएको अभिव्यक्तिको ओलीले जवाफ फर्काएका हुन् ।

    एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए । उनले भने, ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’ 

    उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए ।

    उनले भने, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामलिाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनोँ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’

    प्रकाशित मिति :कार्तिक ११ २०८१ आइतवार - १२:४५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij