Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपामा कार्यवाहक सभापति निकिता कि डीपी?

रास्वपामा कार्यवाहक सभापति निकिता कि डीपी?


  • 5.2K
    Shares

    रास्वपामा कार्यवाहक सभापति निकिता कि डीपी?
    images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामै समयका लागि थुनिने भएपछि अब पार्टी कसरी चलाउने भन्ने अन्योल सुरु भएको छ । पार्टीको कामै रविका व्यक्तिगत मुद्दालाई लिएर सडकमा दिन बिताउने कि जनताका अरु काम पनि गर्ने भन्ने कोणबाट समेत कुरा हुन थालेको छ ।

    आमनागरिक र बौद्धिक तप्काले पनि फौजदारी अनुसन्धानको प्रक्रियामा गएको र अदालतले समेत दुईदुईपटक म्याद गरिसकेको विषयमा सडकबाट दबाब दिन खोज्नु अनुचित भनेर टिप्पणी आाइरहेका छन् । त्यसैले अब रास्वपा रविको पछि लाग्न सक्दैन र विकल्प खोज्नुपर्छ भन्ने धारणा पार्टीभित्र र बाहिर समान रुपमा उठेका छन् ।

    जिल्ला अदालत कास्कीले १३ दिनसम्म थुन्न मिल्ने गरी प्रहरीलाई अनुमति दिएको छ । सुरुमा ६ दिन र त्यसपछि ७ दिनको म्याद दिएको अदालतले त्यसपछि पनि प्रहरीले चाहेमा थपिदिन सक्ने पर्याप्त संकेत गरेको छ । यसैबीच तिहार र छठजस्ता नेपालीका महत्त्वपूर्ण चाडहरु आएकाले पनि रविको हिरासत बसाइ लम्बिने देखिएको छ ।  

    पोखरामा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले रविमाथि अनुसन्धान भइरहेको छ । त्यसपछि बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान हुनेछ ।

    वीरगन्जको सानो पाइला सहकारीमा पनि उनी तानिन सक्नेछन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएकाले अब उनी सहजै छुट्ने सम्भवना निकै कमजोर देखिएको छ । अदालतमा मुद्दा चलाइसकेपछि पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने वा एकपछि अर्को मुद्दाको अनुसन्धानकै लागि सयौँ दिनसम्म लाग्न सक्ने सम्भावना देखिएको छ । 

    अब रास्वपालाई रविको बचाउमा प्रयोग गर्न पनि मुस्किल पर्दै गएको छ । पोखरामा ६ दिनसम्म प्रदर्शन गरेर रास्वपाका नेता–कार्यकर्ता अब काठमाडौँ फर्किएका छन् । काठमाडौँमा पनि सधैँ माइतीघरको यातायात बिथोलेर जनसर्मथन पाउन मुस्किल छ । त्यसमाथि चाडबाड आएकाले उनीहरुको प्रदर्शनमा भेला हुने मान्छे पाउन झन् गाह्रो हुँदै गएको छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८१ शनिवार - २०:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij