Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

 भारतबाट कञ्चनपुर आएका एक कोरोना सङ्क्रमितको मृत्यु

 भारतबाट कञ्चनपुर आएका एक कोरोना सङ्क्रमितको मृत्यु


  • 6.2K
    Shares

     भारतबाट कञ्चनपुर आएका एक कोरोना सङ्क्रमितको मृत्यु

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट देखिन थालेपछि पहिलो पटक एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक ४५ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

    महाकाली अस्पतालमा उपचाररत् जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय सङ्क्रमित पुरुषको मङ्गलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले २२ गते भारतको गुजरातबाट फर्किएर सङ्क्रमण पुष्टि भएका पुरुषको मृत्यु भएको बताए।  उनको शवव्यवस्थापनको तयारी भइरहेको छ ।

    उनमा नयाँ भेरियन्ट देखियो थियो वा थिएन भन्ने विषय अहिले विषय प्रस्ट भइसकेको छैन । भेरियन्ट पत्ता लगाउनका लागि नमुना काठमाडौँ पठाउनुपर्ने र त्यहाँबाट हङ्कङ पठाउनुपर्ने बाध्यता छ ।

    चिकित्सकहरूले भने सुदूरपश्चिममा युके र अस्ट्रेलियन भेरियन्ट फैलिएको हुन सक्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोनाका विभिन्न भेरियन्टहरू देखिन सक्ने भन्दै सीमानाका सँगै समुदायमा पनि सतर्कता बढाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

    सीमानाकामा उच्च सतर्कता नअपनाइए प्रदेशमा कोरोना महामारीले फेरी विकराल रूप लिन सक्ने भन्दै यस विषयमा अहिले नै पूर्ण पहलकदमी सुरु गर्नुपर्ने सेतीप्रादेशिक अस्पतालका वरिष्ठ फ्यामिलीफिजिसियन डा जगदीश जोशीले बताए।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १०:४७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij