Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

रवि छुटाउन पोखरा गएका रास्वपाका नेता थाकेपछि रित्तो हात फर्किए, आज काठमाडौंमा प्रदर्शन गर्ने

रवि छुटाउन पोखरा गएका रास्वपाका नेता थाकेपछि रित्तो हात फर्किए, आज काठमाडौंमा प्रदर्शन गर्ने


  • 2.5K
    Shares

    रवि छुटाउन पोखरा गएका रास्वपाका नेता थाकेपछि रित्तो हात फर्किए, आज काठमाडौंमा प्रदर्शन गर्ने
    images

    काठमाडौं। सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् ।

    बिहीबार अदालतले रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताहरु रित्तोहात फर्किएका हुन् । रित्तो हात काठमाडौंमा फर्किएका रास्वपाका कार्यकर्ताले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।

    गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।

    अदालतले छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासमेत रहेका पहराईले पूरक जाहेरी दिएका थिए ।

     

     

    प्रकाशित मिति :कार्तिक ९ २०८१ शुक्रवार - ११:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij