Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

राजनीति

माओवादीले सरकारविरुद्ध काठमाडौंमा पहिलो विरोध प्रदर्शन गर्ने, कस्तो छ तयारी ?

माओवादीले सरकारविरुद्ध काठमाडौंमा पहिलो विरोध प्रदर्शन गर्ने, कस्तो छ तयारी ?


  • 2.4K
    Shares

    माओवादीले  सरकारविरुद्ध काठमाडौंमा पहिलो विरोध प्रदर्शन गर्ने, कस्तो छ तयारी ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौंमा खबरदारी सभा गर्दैछ ।

    बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    ‘बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा १० गते जनप्रदर्शनसहित खबरदारी सभा गर्न लागिएको हो । अन्य प्रदेशमा अहिले सरकार विरोधी कुनै कार्यक्रम छैन । तिहारपछि देशभर विरोधका कार्यक्रम सार्वजनिक गर्छौं’, सापकोटाले भने ।

    कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य कालीबहादुर मल्लले केन्द्रमा बाहेक अन्य प्रदेशमा विरोध वा खबरदारीको कार्यक्रम तय नभएका जानकारी दिए । ‘अन्य प्रदेशमा विरोध कार्यक्रम गर्ने विषयमा मैल महासचिवसँग पनि कुरा गरेको थिएँ । उहाँले अहिले केन्द्रमा मात्रै गर्ने अन्य प्रदेशमा पछि कार्यक्रम बनाउने भन्नुभएको छ । प्रदेशस्तरमै हामीले अहिले कुनै विरोध कार्यक्रम वा जनपरिचालनको  कार्यक्रम राखेका छैनौँ’, मल्लले भने ।

    अर्का स्थायी समिति सदस्य कमला रोक्काले तिहारअघि लुम्बिनी प्रदेशमा कुनै विरोधका कार्यक्रम नराखिएको जानकारी गराइन् । ‘सम्पूर्ण हिसाबले १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारीमा छौँ । प्रदेशस्तर वा जिल्लास्तरमा कुनै कार्यक्रम तय भएको छैन’, उनले भनिन्, ‘केन्द्रीय समिति बैठकले नै योजनासहित जनपरिचालनसहित विरोधका कार्यक्रम तय गर्ला ।’

    सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले पनि प्रदेशस्तरमा सरकारविरुद्ध खबरदारी कार्यक्रम नराखिएको बताए । तिहार नजिकै आएकाले प्रदेशस्तरमा विरोध प्रदर्शनको कार्यक्रम नराखिएको उनले जानकारी दिए । केन्द्रको निर्देशन आउँदा साथ जनपरिचालनसहितका कार्यक्रम बनाउने उनले जिकिर गरे ।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - १२:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij