२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले २० करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा १५ रुपैयाँ ९० पैसा कायम भएको छ । चालू आवमा बैंकको मूल्य आम्दानी अनुपात २९ दशलमव ५६ गुणा र प्रतिशेयर नेटवर्थ १६२ दशमलव ०७ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा जगेडामा २ अर्ब ८४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ६८ करोड ४४ लाख रुपैयाँ सञ्चिति गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij