२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ५३ करोड ६३ रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४२०.५३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड १० लाख रुपैयाँ थियो।
चुक्तापुँजी २३ अर्ब १८ करोड ७१ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १७ अर्ब २७ करोड ८० लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १६ अर्ब २८ करोड ८९ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १४ करोड ४१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर २ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ३४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.४४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ४.६९ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३८६.८४ प्रतिशत बढेर ९.२५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.९० रुपैयाँ थियो। पीई रेसियो २८.९२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८०.९५ रुपैयाँ रहेको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij