Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल बद्रीप्रसाद पक्राउ

सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल बद्रीप्रसाद पक्राउ


  • 5.0K
    Shares

    सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल बद्रीप्रसाद पक्राउ

    सरकारी कागजात किर्ते गरेको आरोपमा एक वकिल पक्राउ परेका छन् । जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ ।

    ०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका ४ जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    ‘अधिवक्ता पौडेललाई हामीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले भने–‘कम्पनी रजिष्टारको कार्यालयका अधिकृतको हस्ताक्षर पनि किर्ते गरेको देखिन्छ ।’

    जिल्ला अदालत मकवानपुरबाट ०७५ मा पौडेलको नाममा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आएपछि उनी फरार भएका थिए । 

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १४:४२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij