Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रामचन्द्र पौडेल देउवालाई प्रधानमन्त्री बनाउन देउसी खेल्दै हिड्न थालेपछि महन्थलाई किन भयो भाउन्न ?

रामचन्द्र पौडेल देउवालाई प्रधानमन्त्री बनाउन देउसी खेल्दै हिड्न थालेपछि महन्थलाई किन भयो भाउन्न ?


  • 6.3K
    Shares

    रामचन्द्र पौडेल देउवालाई प्रधानमन्त्री बनाउन देउसी खेल्दै हिड्न थालेपछि महन्थलाई किन भयो भाउन्न ?

    काठमाडौं । चैत्र २० मा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो। लामो समयसम्म सरकार गठनको परिपक्व स्थिति तयार भई नसकेको भन्दै आइरहेको टिप्पणीका बिच काँग्रेसको निर्णय नयाँ सरकार जन्माउने सन्दर्भमा अर्थपूर्ण थियो। 

    यससँगै लामो समयपछि काँग्रेसले कसलाई समर्थन गर्ला भन्ने मौनता पनि  तोडियो। काँग्रेसको निर्णयसँगै एमाले वा कांग्रेस बाहेकको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भयो। तर, त्यसपछि पनि काँग्रेस निष्क्रिय अवस्थामा नै छ। 

    आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भएपछि उसले नेकपा एमाले,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धनको पहललाई ठोस रूपमा अगाडि बढाउनुपर्ने हो। तर, काँग्रेसले अहिलेसम्म परिमाण आउने गरी पहल गर्न सकेको छैन ।

    सह–महामन्त्री प्रकाशशरण महत एमाले बाहेकको पार्टीसँग सरकार गठनबारे कुराकानी भइरहेको बताँउछन। ‘ठुलै तहका नेताहरूले कुरा गरिरहनुभएको छ,’ उनी भन्छन्,‘जसपा र माओवादीसँग छलफल भईरहेको छ।’ 

    काँग्रेसले सरकार गठनका सन्दर्भमा कुनै छलफल नगरेको जसपाले दाबी गरिरहेको अवस्थामा महतको कुरालाई पत्याउने आधार भने देखिँदैन।

    जसपा कार्यकारिणी सदस्य केशव झा पछिल्लो समय काङ्ग्रेससँग सरकार गठनबारे  कुनै छलफल नभएको बताँउछन।  ‘कुनै कुरै भएको छैन। देउवा नै तयार छैनन्’ उनी भन्छन्। 

    आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भने पनि त्यसपछि काँग्रेस निष्क्रिय छ। सरकार गठनमा पनि काँग्रेसमा दुई धार छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा छन्। 

    यो पक्ष प्रधानमन्त्रीमा जसपा नेता महन्थ ठाकुर या जोसुकैलाई समर्थन गरेर भए पनि सरकारको आयु घटाईहाल्नुपर्ने पक्षमा छ। तर, पार्टी सभापति शेरबहादुर देउवा आफ्नै नेतृत्वमा सरकारमा जाने अवस्थामा मात्रै छन्। तर,देउवा यसका लागि पनि सक्रिय बनेका छैनन्। 

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पौडेल मात्रको सक्रियतालाई ‘ताप्के नताती बिँड तातेजस्तो’ भएको संज्ञा दिन्छन्। उनी आफ्नै नेतृत्वमा सरकार गठनबारे कार्यसमितिको निर्णय नै अपरिपक्व भएको मान्छन्। 

    ‘सरकारका लागि गठबन्धन बनाउनु पहिला केन्द्रीय कार्यसमितिले गठबन्धनका लागि समिति गठन गर्नुपर्थ्यो,’ उनी भन्छन्,‘जसपा,माओवादीलाई समेटेर लैजान शक्तिशाली टिमको नेतृत्व जसरी कांग्रेस अगाडि बढ्नुपर्थ्यो त्यसरी अगाडि बढ्न सकेको छैन। बढ्न नसक्नुको पछाडि के नियत हो के कारण हो त्यो स्पष्ट छैन।’ 

    उनी काँग्रेसले ढिला गरी गरेको निर्णय लिए पनि ओलीको सरकार विरुद्ध गठबन्धन किन बनाउनुपर्छ भनेर नै सहमतिमा ल्याउनुपर्ने मान्छन्। ‘शेरबहादुरको नेतृत्वमा सरकार बनाउन समर्थन गर भन्दिन अरू पार्टी चिढिन्छन्। अलिकति उल्टाएर बन्दा राम्रो हुन्छ,’आचार्य भन्छन्।

    काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भनेसँगै महन्त ठाकुर वा अन्यको नेतृत्वमा सरकार बन्ने सम्भावना बन्द भएको बताँउछन उनी। 

    ‘त्यसरी बन्द गर्न हुँदैन थियो । खोजेको के हो क्लियर भएन,’उनले भने,‘ओलीको विकल्प खोजेको हो कि आफ्नो नेतृत्वमा सरकाररु यसमा काँग्रेस चुकेको देखिन्छ।’ 

    जसपा न यता न उता 

    सरकार गठनको सम्भावनामा जसपाको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। सरकारको सम्भावना बोकेका एमाले र काँग्रेस नै स्पष्ट हुन नसक्दा अन्योलको अवस्थामा छ। 

    एमाले नेतृत्वमा सरकार बनाउने कुरा चलेको छैन। काँग्रेसले छलफल नै गरेको छैन। माओवादी केन्द्रले नेतृत्व गर्ने अवस्था छैन। 

    काँग्रेसमा यसअघि दुबिधाको अवस्था थियो। तर अव त्यो अवस्था छैन। जसपाकै दुबिधाका कारण पनि ओली नेतृत्वको सरकार लम्बिएको छ।

    जसपा कार्यकारिणी सदस्य झा जसपाले सरकार गठनबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताउँछन्। उनी सांसद रेसम चौधरीको रिहाई लगायतका सरकारसँग राखेका माग बारे टुङ्गो लागेपछि मात्र यो विषय टुङ्गो लाग्ने बताँउछन। 

    ‘हाम्रो माग सम्बोधन हुने नहुने टुङ्गो लागेपछि मात्र सरकारमा जाने नजानेबारे टुङ्गो लाग्छ,’ उनी भन्छन्। 

    राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नयाँ सरकार बन्न जसपामा भर पर्ने बताँउछन्। 

    ‘जसपा बाँडियो भने बाँडिएको जसपाको थोरै मात्र सङ्ख्याले साथ दिँदा पनि एमाले नेतृत्वको सरकार बलियो हुने देखिन्छ,’उनी भन्छन्‘अर्को सम्भावना अहिले सरकार गठनको पहलकदमी काँग्रेसले लिएको छ। माओवादी पनि सरकारमा जान तयारी अवस्थामा नै छ। जसमा जसपाको भूमिका निर्णायक हुन्छ।’ 

    अर्का विश्लेषक आचार्य अहिलेको अवस्थामा जसपाकै महन्त ठाकुर पक्ष ओलीले माग पुरा गर्देलान् र सरकारमा जाउँला भन्ने अवस्थामा रहेकाले सरकारको सम्भावनाबारे यसै भन्ने अवस्था नरहेको बताँउछन्।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १४:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij