Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रेम आलेसहितका नेताहरु एमालेमा जाने निश्चित् भएको खुलासा, अध्यादेश कुर्दै

प्रेम आलेसहितका नेताहरु एमालेमा जाने निश्चित् भएको खुलासा, अध्यादेश कुर्दै


  • 4.8K
    Shares

    प्रेम आलेसहितका नेताहरु एमालेमा जाने निश्चित् भएको खुलासा, अध्यादेश कुर्दै
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन् । आलेले अब एकीकृत समाजवादीमा रहने अवस्था सकिएको स्पष्ट पारे । उनले एमालेमा फर्किने तयारी भएको पनि सुनाए ।

    पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन् । उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन् । उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् ।

    आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज र भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - ११:३२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij