Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै

नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै


  • 1.8K
    Shares

    नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै
    images

    काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

    पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने नेतृ मानुषी यमीले जानकारी दिइन् । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ । 

    दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।

    बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुने यमीले बताइन् । गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईलाई छलेर अर्का अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको थियो । 

    चैत ५ र ६ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता भङ्ग गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधि सहभागी भएको यमीले जानकारी दिइन् ।

     

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १०:२६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij