Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

क्वारेन्टिनको नियम उल्लंघन गर्ने पुरुषलाई ३ सय पटक उठबसको सजाय, भोलिपल्टै गयो ज्यान

क्वारेन्टिनको नियम उल्लंघन गर्ने पुरुषलाई ३ सय पटक उठबसको सजाय, भोलिपल्टै गयो ज्यान


  • 5.4K
    Shares

    क्वारेन्टिनको नियम उल्लंघन गर्ने पुरुषलाई ३ सय पटक उठबसको सजाय,  भोलिपल्टै गयो ज्यान

    काठमाडौं । फिलिपिन्समा कोरोनाविरुद्धको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई ३ सयपटक उठबस गर्न लगाइएपछि सजाय पुरा गरेको भोलिपल्टै उनको मृत्यु भएको छ।

    गत बिहीबार स्थानीय समयअनुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए।

    क्वारेन्टिनको नियम उल्लंघन गरेको भन्दै उनलाई ३ सयपटक उठबस गर्न लगाइएको थियो। तर सजाय पुरा गरेका भोलीपल्टै उनको ज्यान गयो।

    उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भएको बीबीसीले जनाएको छ।

    ड्यारेनका परिवारका अनुसार उठबसको सजाय पाएपछि उनको शरीर कमजोर भएको थियो। उनी यता उता हिँड्नै सकेका थिएनन्।

    ड्यारेनकै घरमा बसिरहेकी उनका प्रेमिका रेचेलिन बाल्सले भनिन्,‘ड्यारेन शुक्रवार दिनभरि हलचल गर्न गाह्रो महसुस गरिरहेका थिए । दिनभरि उनलाई हिँड्न असहज भइरहेको थियो र उनी घुँडा टेकेर हिँडिरहेका थिए। तर उनले यो सामान्य शारीरिक दुखाइ मात्रै रहेको बताएको हुँदा मैले त्यति धेरै गम्भीर रूपमा लिइनँ’ ।

    कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ।

    जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्।

    तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्। बीबीसी

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij