Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

स्नातकमा चिकित्सा शिक्षाको भर्ना शुल्क खल्ती वालेटबाट तिर्न सकिने

स्नातकमा चिकित्सा शिक्षाको भर्ना शुल्क खल्ती वालेटबाट तिर्न सकिने


  • 10.0K
    Shares

    स्नातकमा चिकित्सा शिक्षाको भर्ना शुल्क खल्ती वालेटबाट तिर्न सकिने

    काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

    चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बी पिटी, बी। एन। एस लगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

    ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत्र ९ गतेदेखि वैशाख  १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

    अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगईन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ ।

    खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गई ट्रान्जेक्सन आईडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्नुपर्नेछ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १२:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij