Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रवि लामिछाने पक्राउ अपडेट

रविलाई आज अदालतमा पेस गर्दै, १० दिनभन्दा बढी म्याद थप्ने तयारी

रविलाई आज अदालतमा पेस गर्दै, १० दिनभन्दा बढी म्याद थप्ने तयारी


  • 1.9K
    Shares

    रविलाई आज अदालतमा पेस गर्दै, १० दिनभन्दा बढी म्याद थप्ने तयारी

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालत पेस गर्ने भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने छ ।

    ‘हामीले आइतबार म्याद थपका लागि अदालतमा लैजाने तयारी गरेका छौं । १० दिनभन्दा बढी म्याद थप माग्छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकारीले भने, ‘सरकारी वकिलको कार्यालयको सिफारिस र अदालत कति दिन थपिदिन्छ त्यसमा निर्भर हुन्छ । हामीलाई अनुसन्धान गर्न धेरै समय चाहिएको छ ।’

    ती प्रहरी अधिकारीका अनुसार आइतबार म्याद थप गरेर ल्याएपछि प्रहरीले अनुसन्धान थाल्नेछ । अनुसन्धानबाट निष्कर्ष निकालेपछि अभियोजनसहितको मुद्दा लैजानेछ । ‘म्याद थपको प्रक्रिया सकिएपछि हामी अनुसन्धान थाल्छौं । चारवटा प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान गर्नेछौं । त्यो प्रतिवेदन र प्रमाणहरुलाई भिडाएर हेर्छौं,’ ती अधिकारीले भने ।

    नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन समेतलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ ।

    सहकारी ठगीका विषयमा छानविनका लागि थापाका संयोजकत्वमा सात सदस्यीय संसदीय विशेष समिति बनेको थियो । ।

    उक्त समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । रास्वपाका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्क, रविका व्यवसायीक साझेदार गितेन्द्र बाबु (जीवी)राईलाई समेत केन्द्रमा राखेर प्रतिवेदन बनेको छ । करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।

    जसमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ०६:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij