२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । १६ थान मूर्ति चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको आरोपमा काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई ललितपुर मंगलबजार बस्ने ४८ वर्षीय राजकुमार सुनारलाई पक्राउ गरेको हो ।
सुनारलाई चैत २२ गते बालकुमारीबाट पक्राउ गरिएको परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । चैत १३ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका–१६ धौगलबजारस्थित माइकल शाक्यले सञ्चालन गरेको मूर्ति बनाउने उद्योगबाट विभिन्न आकृतिका १६ थान मूर्ति चोरी भएको थियो ।
पक्राउ परेका सुनार विरुद्ध जिल्ला अदालत ललिपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी महर्जनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij