२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले आज वाग्मती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ। आज राजधानीको सिद्धीगणेश पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागेको हो।
वाग्मती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एकजनालाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोकमा झम्क नेपाल, नुवाकोटमा नारायण खतिवडा, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एकजनालाई खनाल–नेपाल समूहले अध्यक्ष बनाउने तयारी गरेको स्रोतको दाबी छ ।
दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एकजना, भक्तपुरमा ध्रुव विस्टलाई अध्यक्ष बनाउने तयारी खनाल–नेपाल समूहको छ । खनाल–नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij