Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

रास्वपा पहिलो पटक स्थानीय तहका लागि चुनाव लड्दै

रास्वपा पहिलो पटक स्थानीय तहका लागि चुनाव लड्दै


  • 6.9K
    Shares

    रास्वपा पहिलो पटक स्थानीय तहका लागि चुनाव लड्दै
    images

    काठमाडौँ । स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

    उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ । आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित २५ राजनीतिक दलले उपनिर्वाचनमा भाग लिन भन्दै दल दर्ता गरिसकेका छन् । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।

    उपनिर्वाचन प्रयोजनका लागि नेकपा एमाले‚ नेपाली कांग्रेस‚नेकपा माओवादी केन्द्र‚नेकपा एकीकृत समाजवादी‚ राप्रपा‚ नागरिक उन्मुक्ति पार्टी‚ नेपाल मजदुर किसान पार्टी‚ जसपा‚ जसपा नेपाल‚ जनमत पार्टी‚ राप्रपा नेपाल‚ नेपाली कांग्रेस बिपी‚ राष्ट्रिय जनता पार्टी‚ लगायत दल दर्ता भएका छन् ।

    रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो । पार्टी २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सोही कारणले पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिन पाएको थिएन । स्थापना भएको ६ महिना पश्चात् भएको सङ्घीय निर्वाचनमा भने रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ बाँकी सिट गरेर २० सिट जितेको थियो । त्यसपश्चात् २०८० साल वैशाखमा भएको उपनिर्वाचनबाट एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । तर‚ २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित हुन पुगेको थियो ।

    प्रकाशित मिति :आश्विन २८ २०८१ सोमवार - १७:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij