२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफ्ना कार्यकर्तालाई उक्सादै आएका छन् ।
उनले बिहीबार बसेको सचिवायल बैठकमा पनि सरकारविरुद्ध गतिविधि गर्नेमाथि प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ ।
मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आव्हान गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij