Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रम ओलीले बक्यौता नतिरेका उद्योगमा विद्युत् जोड्न दिएको निर्देशन कुलमानले अवज्ञा गरेपछि उर्जामन्त्रीको १५ बुँदे स्पष्टीकरण

प्रम ओलीले बक्यौता नतिरेका उद्योगमा विद्युत् जोड्न दिएको निर्देशन कुलमानले अवज्ञा गरेपछि उर्जामन्त्रीको १५ बुँदे स्पष्टीकरण


  • 4.7K
    Shares

    प्रम ओलीले बक्यौता नतिरेका उद्योगमा विद्युत् जोड्न दिएको निर्देशन कुलमानले अवज्ञा गरेपछि उर्जामन्त्रीको १५ बुँदे स्पष्टीकरण
    images

    काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् ।

    कुलमानलाई उनको कामको मुल्यांकन, काल्पनिक नाफा देखाएको, गुणस्तरी बिजुली नदिएको, ट्रान्सफरमर तथा बिजुलीका तारलगायतका खरीद टेण्डरलाई समेत उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।

    यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै टकरावमा उत्रिएका कुलमान घिसिङलाई हटाउने उद्देश्यले यो स्पष्टिकरण सोधिएको बुझिएको छ । बक्यौता नतिरेका उद्योगको लाइन काटेपछि प्रधानमन्त्रीले लाइन खोल्न दिएको दिएको निर्देशन कुलमानले नमानेपछि विवाद बढेको थियो । 

    कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको छ र माओवादी केन्द्रले नै आफ्नो सरकार भएको समयमा उनलाई नियुक्ति गरेको थियो ।

     

    प्रकाशित मिति :आश्विन २३ २०८१ बुधवार - १३:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij