Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

समाचार

प्रतिनिधिसभाका १५९ जनाले लिए कूटनीतिक राहदानी

प्रतिनिधिसभाका १५९ जनाले लिए कूटनीतिक राहदानी


  • 2.2K
    Shares

    प्रतिनिधिसभाका १५९ जनाले लिए कूटनीतिक राहदानी
    images

    काठमाडौं । संघीय सांसदका १५९ जना सदस्यले कूटनीतिक राहदानी लिएका छन् ।

    संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका हुन् ।

    २०७९ साल मंसिर ४ गते चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले २०७९ साल पुष ७ गतेदेखि कूटनीतिक राहदानीको सिफारिस पाउन थालेका थिए ।

    संसद सचिवालयले त्रैमासिक संसद दर्पण प्रकाशन गर्ने गर्दछ । पछिल्लो दर्पणमा उल्लेख भएको विवरण अनुसार पछिल्लो त्रैमासिकमा ११ जना प्रतिनिधि सभा सदस्यले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका थिए । यो सँगै कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको सांसदको संख्या १५९ पुगेको हो ।

    राष्ट्रिय सभा सदस्यहरूको विवरण भने २०७४ साल फागुन देखिकै एकीकृत रुपमा राख्ने गरिएको छ । हालसम्म ८७ जना राष्ट्रिय सभा सदस्य (कार्यकाल सकिएकाहरूले विगतमा लिएको समेत समावेश)ले कूटनीतिक राहदानी लिएका छन् ।

    प्रकाशित मिति :आश्विन २२ २०८१ मंगलवार - १३:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij