Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सांसदले हुर्मत लिएपछि परराष्ट्रमन्त्री तर्क राख्दै तर्किए, सदनले गरेन भन्दै सभामुख तिरै किन फर्किए ?

सांसदले हुर्मत लिएपछि परराष्ट्रमन्त्री तर्क राख्दै तर्किए, सदनले गरेन भन्दै सभामुख तिरै किन फर्किए ?


  • 6.0K
    Shares

    सांसदले हुर्मत लिएपछि परराष्ट्रमन्त्री तर्क राख्दै तर्किए, सदनले गरेन भन्दै सभामुख तिरै किन फर्किए ?

    काठमाडौं । संसदमा आफ्नो उछितो काडे पछि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सदनलाई सरकारले बिजनेस नदिएको भन्ने सांसदहरूको भनाइलाई अस्वीकार गरेका छन् । उनले विभिन्न सन्धि संसद्‌मा दर्ता गराएको तर सदनले अगाडि नबढाएको भन्दै किन अगाडि नबढाएको हो भनेर प्रश्न गरेका छन् । 

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री ज्ञवालीले भने, 'विभिन्न सन्धिहरू सदनमा सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् रु म भन्न सक्दैन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो ।'

    कांग्रेस सांसदले एमसीसीलगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, 'सरकार जहिले पनि एमसीसी भन्नुस्, आईएईएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरू अनुमोदनका लागि दर्ता भएका छन् । हामी त सधैं तयार छौं । सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ ।'

    अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको सम्झौता लामो समयदेखि संसद्‌मा दर्ता भएर बसेको छ । त्यसलाई अगाडि बढाउने विषयमा सत्तारुढ दलभित्र नै विवाद भएकाले यो सन्धि अलपत्र परेको हो । यसलाई लिएर अझै पनि दलहरूबीच सहमति हुन सकेको छैन ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १६:५३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij