२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । भेटमा ओलीले राष्ट्रसंघको महासभामा आफ्नो सहभागीताबारे पौडेललाई जानकारी गराएका छन् ।
आज (सोमबार) राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटवार्तामा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ गरेको उनको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए भने १४ गते स्वदेश फर्किएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij